प्रतिनिधि सभा कुनै पनि हालतमा पुर्नस्थापना हुन सक्दैनः विष्णु पौडेल

काठमाडौँ । नेकपा (ओली समूह)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा कुनै हालतमा पुर्नस्थापना हुन नसक्ने दाबी गर्नु भएको छ ।
बिहीबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भोलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले प्रतिनिधि सभा कुनै हालतमा पुर्नस्र्थापना हुन नसक्ने दावी गर्नु भएको हो ।
प्रतिनिधि सभा पुर्नस्थापनाका लागि विभिन्न तर्कहरु प्रस्तुत गरिएपनि संसद् पुर्नस्थापना हुने कुनै सम्भावना नरहेको उहाँले स्पष्ट पार्नु भयो ।
उहाँले भन्नु भयो, “ प्रतिनिधिसभा पुर्नस्थापनाको कुनै सम्भावना छैन । संविधानले दिएको अधिकारबाट नै संसद् विघटन भएको छ ।” अब संसद् पुर्नस्थापना होला भन्ने भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नु भयो ।
बहुमत सदस्यहरुको साथमा प्रतिनिधि सभा विघटन भएको उहाँले उल्लेख गर्नु भयो ।
अर्थमन्त्री पौडेलले नेपालमा कोरोनाको खोप आइसकेकाले अब सबैलाई निशुल्क खोप उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो ।


प्रकाशित | ८ माघ २०७७, बिहीबार १४:३४