डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्नु भएको छ । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लाग्नु भएको हो ।

विदाई भाषणमा ट्रम्प र उहाँकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिनु भएको छ । यद्यपि, ट्रम्पले आफ्नो विदाई भाषणमा आफ्नो फिर्तीको संकेत गर्नु भएको छ ।

उहाँले नयाँ प्रशासनलाई बधाई दिँदै केही नयाँ काम गर्ने आधारहरु रहेको बताउनु भएको छ । नवनिर्वाचित राष्ट्रपति बाइडेनले अबका केही घण्टामा ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिदै हुनुहुन्छ । सपथ समारोहलाई मध्यनजर गर्दै राजधानी वासिङ्गटन डिसीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रकाशित | ७ माघ २०७७, बुधबार २१:४४