एनआरएनएको विशेष महाधिवेशनमा पेश गरिने एजेन्डाको विषयमा सहमती जुटाउने प्रयास जारी

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनमा पेश गरिने एजेन्डाको विषयमा सहमती जुटाउने प्रयास अझै जारी राखिएको छ । विशेष गरि विधान संशोधन प्रस्तावको विषयमा के- के एजेन्डा लगिने भन्ने विषयमा सहमती जुटाउने प्रयास जारी राखिएको हो । विशेष महाधिवेशनमा एक्लौटी रुपमा आफना प्रस्ताव पेश गर्न लागेको र एनआरएनए कब्जा गर्न लागेको भन्दै आलोचना भइरहँदा संस्थापन पक्षले भने मिलाउने प्रयास जारी राखेको जनाएको छ ।

यसअघि एक समीति नै बनाएर केन्द्रीय समितिले असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने प्रयास गरेको थियो । तर, असन्तुष्ट पक्षले फेरि एकलौटी प्रस्ताव ल्याउन खोजीएको भन्दै आपत्ति जनाएको थियो । विशेष महाधिवेशन गत विश्व सम्मेलनमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित हुन नसकेपछि आह्रवान गर्नुपर्नेमा उल्टै विधान संशोधनको नाममा संस्था कब्जा गर्न खोजीको असन्तुष्ट पक्षको आरोप छ ।

विश्व सम्मेलन सम्पन्न भएलगत्तै विशेष महाधिवेशन गर्नुपर्ने भएपनि कोभिड- १९ को कारण गर्न नसकिएपछि मर्चुअल रुपमा आायोजना गर्न लागिएको हो । यही अवसर पारेर अध्यक्ष कुमार पन्तले संघको सांगठनीक पुनर्सरचनासहितकोे प्रस्ताव प्रस्तुत गर्नुभएपछि विश्वभर छलफल गरिएको थियो । तर अन्तुष्ट पक्षले ब्यापक छलफल गर्नुपर्ने माग गर्दै आएका थियो ।

अध्यक्ष पन्त भने सबैको भावना र मागअनुसार नै प्रस्ताव लगिन लागिएको र त्यसमा सबैको समर्थन रहेको दावी गर्नुहुन्छ । ‘प्रस्तावनै लग्नु हुन्न भन्ने तर्क गलत हो, तर विशेष महाधिवेशनमा सहभागि प्रतिनिधिबीच भने गहिरो छलफल गरेर मात्र पारित हुनुपर्छ भन्ने मेरो पनि माग छ’, अध्यक्ष पन्तले भन्नुभयो । संघको पदाधिकारी बैठकमा संघको प्रस्तावित संसोधित बिधानका विषयमा निरन्तर छलफल भइरहेको छ । शनिबार पनि जनवरी २३ र २४ तारिखमा हुने संघको विशेष महाधिवेशनमा प्रस्तुत हुने विधानका विषयमा संघका पदाधिकारी र विधान समितिबीच छलफल भएको संघले जनाएको छ । विशेष महाधिवेशनमा प्रस्तुत गरिने एजेन्डाबारे सहमति गरेर आगामी बुधबार बस्न लागेको अन्तराष्ट्रिय परिषदको बैठकमा पठाइँदैछ ।

विधान समितिका संयोजक भूषण घिमिरेको संयोजत्वमा सम्पन्न बैठकमा अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामा, रविना थापा, महासचिव डा हेम राज शर्मा लगायत संघका पदाधिकारीको उपस्थिती थियो । बिधान समितिका उपसंयोजक गंगाधार गौतमका अनुसार बैठकमा सहभागी पदाधिकारीहरुद्धारा प्रस्तुत सुझावका आधारमा विधान समितिले आफ्नो प्रतिवेदन संघको केन्द्रीय नेतृत्व समक्ष पेश गर्नेछ ।

संघले महाधिवेशनमा भाग लिने नयाँ डेलिगेट्स सहित प्रतिनिधिहरुको नाम सार्वजनिक गरिसकेको छ । विशेष महाधिवेशनमा हाल सम्म ५५ देशमा २६ सय भन्दा बढी प्रतिनिधीहरुले आआफ्नो नाम दर्ता गरिसकेको जनाइएको छ । संघको महाधिवेशन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्धघाटन गर्ने तय भएको छ ।


प्रकाशित | ४ माघ २०७७, आईतवार ०७:४४