नेकपा ओली पक्षको विश्वव्यापी प्रवासी नेपाली एकता मञ्चको भेला तथा प्रशिक्षण

पेरिस । प्रधानमन्त्री केपी ओली पक्षका प्रवासी नेपाली एकता मञ्चका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको सञ्चालन प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल र कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली एकता मञ्च फ्रान्सका अध्यक्ष भक्त बहादुर वाग्लेले गर्नु भएको थियो।

यस कार्यक्रममा नेकपाका महासचिव तथा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । उहाँले वर्तमान अवस्थामा प्रधानमन्त्री के पी शर्मा ओलीले सरकार विघटन गर्नुको कारणमा आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको निजी स्वार्थ, सत्तामोह, पदमोह, र अविश्वासको प्रस्तावको तयारी जस्तो षड्यन्त्र प्रमुख रहेको कुरा बताउनुभयो।

No description available.

सरकारले गरेका राम्रा कामहरुको कुप्रचार गरि असहयोग गरेको र सरकारलाई प्रचण्ड र माधवको व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नदिइ फरि पनि अस्थिरता पैदा गरि जनताको बलिदानबाट प्राप्त राजनैतिक उपलब्धीहरु माथि कुठाराघात गर्न खोजेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सर्वोच्चतालाई आत्मासाथ गरि जनतामै जाने संवैधानिक र लोकतान्त्रिक पद्धति अवलम्बन गर्नु भएको कुरा पनि जानकारी गराउनुभयो।

देश अब चुनाव तिर अघि बढिसकेको हुनाले सबैले चुनावको तयारी र प्रचारप्रसार गरि नेकपालाई फेरि पनि दुईतिहाईको हैसियतमा ल्याउने तर्फ सबैको ध्यान केन्द्रीत गर्नु पर्ने कुरा राख्नु भयो। यो संवैधानिक कदम भएको हुनाले अदालतको फैसला पनि प्रधानमन्त्री कै पक्षमा आउने साथै निर्वाचन आयोगले पनि हाम्रो पार्टीलाई नै संस्थापक र सुर्य चिन्हको आधिकारिकता प्रदान गर्ने कुरामा कनै शंका नरहेको बताउनुभयो।

No description available.

विभिन्न देशका २८० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको भर्चुअल भेलामा सोधिएका प्रश्नहरुको जवाफ दिने क्रममा भ्रष्टाचारलाई निरन्तर रुपमा नियन्त्रण र कार्वाही गरेर पार्टीको प्रमुख कार्यक्रमको रुपमा अघि बढाउने साथै कोरोनाको लागि प्रभावकारी अध्यावधिक योजना र कार्यक्रम ल्याएर जनतालाई सेवा तथा उपचार र खोपलाई व्यवस्थित गर्ने पनि बताउनुभयो ।

नेपालको गणतन्त्र,लोकतन्त्र र राष्ट्रियताको सवालमा सरकार कटिबद्ध रहनुको साथै विकाश र समृद्धिको लागि पनि हरबखत प्रयत्नशिल रहेर जनताको दुख कष्ट पिर मार्कालाई दुर गर्न सरकार लागि परेको बताउनु भयो। सबै प्रवासी नेपालीहरुलाई एकजुट भएर प्रधानमन्त्री के पी ओलीको देश विकास प्रतिको महान अभियानमा एकाकार भएर अघि बड्न पनि आवहान गर्नु भएको छ।


प्रकाशित | ३ माघ २०७७, शनिबार २०:५९