प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैनन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डजस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताउनु भएको छ ।

दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको भन्दै प्रशंसा गर्नु भएको हो । इमान्दार नेताका रुपमा प्रचण्ड देखिएको बताउँदै अध्यक्ष नेपालले केपी ओली विध्वंशको प्रतीक भएको आरोप लगाउनु भयो ।

अध्यक्ष नेपालले संविधानविपरीत कार्य गरेकाले ओलीले जनताबाट सजाय पाउने दाबीसमेत गर्नु भयो । ओलीमा कुनै नैतिकता नै नभएको बताउँदै अध्यक्ष नेपालले अहमता र तानाशाह प्रवृत्ति केही दिनमै ढल्ने दाबी गर्नु भयो । दाङमा नेकपाको प्रचण्ड–माधव पक्षले जिल्ला स्तरीय भेला आयोजना गरेको छ ।


प्रकाशित | ३ माघ २०७७, शनिबार १५:२३