एनआरएनए भिक्टोरिया युथ कप टेबलटेनिस प्रतियोगिता सिजन- २ सम्पन्न

मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको भिक्टोरिया युथ फोरमको आयोजनामा एनआरएनए युथ कप टेबलटेनिस प्रतियोगिता सफलता पुर्बक भब्य रुपमा सम्पन्न भएको छ। विभिन्न उमेर समूहमा भएको उक्त प्रतियोगितामा पांच समुहमा गरी जम्मा ८५ जना खेलाडीहरु सहभागी मध्ये १२ वर्षमुनीको समूहमा सोम धिताल प्रथम, सभाना खनिया दोश्रो र आदिश पाण्डे तेश्रो, युवा (१२-१८ ) वर्षको समूहमा प्रभात भट्ट प्रथम, विविध काफ्ले दृतिय, महिला समुह तर्फ स्मृति अधिकारी प्रथम, मीना लामिछाने दृतिय, पुरुष खुल्ला समूह तर्फ विक्रम तिवारी प्रथम, सत्रन्ज सुवाल दृतिय, पुरुष भेट्रान्स समुह तर्फ हरि कँडेल प्रथम, तारा गैरे दृतिय बन्न सफल भएका थिए। उक्त प्रतियोगितामा फेयर प्ले अफ द म्याच ज्याभियर आचार्यले प्राप्त गरेका थिए।

प्रतियोगितामा बिजयी सम्पूर्ण प्रतियोगी खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो भने उक्त प्रतियोगितामा सोम प्रसाद गुरुङ, बिपुल ज्ञवाली, सुनील मैनाली र आकाश क्षत्रीले रेफ्रीको भूमिका सफलता पुर्बक निर्भाह गरेका थिए।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल, एनआरएन भिक्टोरियाका संयोजक प्रेम कँडेल, एनआरएन आईसीसी सदस्यहरु दुर्गा आचार्य, नारायण काफ्ले, अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यक्ष राजेश आचार्य, फेन्काका अध्यक्ष डा। राजु अधिकारी, न्याभका अध्यक्ष राम गुरुङ, जोग लिम्बु, बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, कम्युनिटी लिडर्स, खेलप्रेमी दर्शकहरु लगायत लगभग ३५० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले आफ्नो मन्तब्य राख्ने क्रममा प्रतियोगिता निकै ब्यबस्थित रुपमा सम्पन्न गर्न सफल भएकोमा युथ फोरम भिक्टोरियाका सम्पूर्ण टिमको प्रशंसा गर्दै विजेता तथा उपविजेताहरुलाई बधाई दिएका थिए भने नेपाली समुदायमा बढिरहेको खेलप्रतिको रुचि तथा सहभागिता प्रति खुशी व्यक्त गरेका थिए।

प्रतीयोगीतामा गत बर्ष भन्दा दोब्बर प्रतियोगीहरुले भाग लिएको र आगामी वर्षहरुमा पनि संचालन गर्दै जाने जानकारी गराउदै उक्त प्रतियोगिताको आयोजनाबाट अस्ट्रेलियामा हुर्कदै गरेका दोश्रो जेनेरेसनमा निकै उत्साह पाएको र अभिभाबकहरु पनि त्यतिकै खुशी हुदै आयोजकलाइ धन्यबाद दिएकोले झनै हौसला मिलेको उक्त प्रतियोगिताका संयोजक तथा एनआरएनए भिक्टोरियाका युथ को(अर्डिनेटर बबिन मिश्रले बताएका थिए र उक्त प्रतियोगिता संचालन गर्दा कोभिडबाट बच्न अपनाउनु पर्ने सम्पूर्ण नियमहरु निकै होसियारी पुर्बक पालना गरेको पनि अर्का संयोजक तथा एनआरएनए भिक्टोरियाका युथ डेप्युटी को(अर्डिनेटर अशीम सुबेदीले बताएका थिए।

एनआरएनए भिक्टोरियाका सचिव नारायण कटुवालले संचालन गरेको उक्त कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन मद्दत पुर्याउने सम्पूर्ण अतिथि महानुभाबहरु, बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, स्पन्सर, भोलेनटर्स, रेफ्रीहरु, एनआरएनए टिम भिक्टोरिया, कम्युनिटि लिडर्स, खेलप्रेमी दर्शकहरु लगायत सम्पूर्ण प्रतियोगीहरुलाई आयोजकका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गरेका थिए ।


प्रकाशित | ३ माघ २०७७, शनिबार १३:३१