सिटी एक्सप्रेस मनी ट्रान्सफर भ्वाइस अफ नेपाल सिजन- ३ को सह–प्रायोजक, सहमती पत्रमा हस्ताक्षर

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भ्वाइस अफ नेपाल – सिजन ३ को सह प्रायोजक बन्ने भएको छ । सो कार्यक्रम हिमालय एच डी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन सुरु भैसकेको छ ।

काठमाडौँमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भ्वाइस अफ नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रममा आबद्ध हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

‘सिटी एक्सप्रेसले जसरी बिदेशीएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ त्यसरी नै भ्वाइस अफ नेपालले पनि देश विदेशमा रहेका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरू बाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्लेटफर्म उपलब्ध गराउनेछ’, प्रबन्ध्क निर्देशक टण्डनले भन्नभयो, \यस प्रयासले नेपालीहरूको प्रतिभा विश्वमा चर्चित हुनेमा हामी विश्वस्त छौं ।’

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।


प्रकाशित | ३ माघ २०७७, शनिबार १३:१४