नेकपामा अब एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा अब एकताको सम्भवाना नरहेको ठोकूवा गर्नुभएको छ । ‘अब नेकपामा एकताको सम्भावना छैन, संविधान निगरानी समूहले आज आयोजना गरेको कार्यक्रममा नेपालले भन्नुभयो, ‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन ।’

अब प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना नरहकोे बताउँदै नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवैधानिक प्रधानमन्त्री रहेको संज्ञा पनि दिनुभयो । ‘उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो, सत्ताको दुरुपयोग गरेका छन्, आफूलाई कामचलाउ होइन भनिरहेका छन्, कामचलाउ होइन भने उहाँ अवैधानिक प्रधानमन्त्री हो’, उहाँले भन्नुभयो ।

अधिकांश समय प्रधानमन्त्री ओलीको आलोचनामा समय खर्चीनु भएको अध्यक्ष नेपालले असंवैधानीक रुपमा घोषणा गरिएको चुनाव पनि सम्भव नरहेको र हुनै नसक्ने जिकिर पनि गर्नुभयो ।


प्रकाशित | २ माघ २०७७, शुक्रबार १६:३६