एनआरएनए फ्रान्सद्वारा सांगठनीक पुनर्सरचनाका प्रस्तावका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले आइसिसीले अगाडि सारेको सांगठनीक पुनर्सरचरना प्रस्तावको विषयमा एक अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको छ । नजिकिदैं गएको विशेष महाधिवेशनमा प्रस्तावको रुपमा ल्याउन लागिएको निशुल्क सदस्यता, स्मार्ट एनआरएन, बिधान तथा नीति नियम संशोधन, पञ्जिकृत सदस्यताको लागि मापदण्डलगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

‘भर्चुअल जुम’ मार्फत आयोजना गरिएको कार्यक्रममा आइसिसी महासचिव डा.हेमराज शर्मा प्रमुख अतिथीको रुपमा सहभागि हुनुहुन्थ्यो । सो अवसरमा महासचिव शर्माले संघले प्रवित्र उद्देश्य लिएर सांगठनीक पुनर्सरचनाको प्रस्ताव अगाडि सारेको जानकारी गराउनुहुँदै सहयोगको लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले केन्द्रले सबैको भावना समेटेर आवश्यक सल्लाह अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनभएको हो । कार्यक्रममा करिब दुई दर्जन सहभागीहरुको उपस्थिती रहेको थियो ।

एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही ठकुरीले आइसिसीले अगाडि सारेका प्रस्तावका विषयमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको र कार्यक्रम उपलब्धीमूलक बनेकोमा खुसी ब्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व आइसिसी सदस्य तथा संरक्षक मिन बहादुर जिशी, पूर्व कार्यसमिती सदस्य अजय उप्रेती, मिन बहादुर जिशी, अजय उप्रेती, निर्मल अर्याल, घनश्याम पौंडेल, एकबहादुर मल्ल, भक्त वाग्ले, हरिहर अर्याल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

एनसिसी अध्यक्ष नरेन्द्र शाही ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सकी उपाध्यक्ष गीता खनाल थापाले गर्नुभएको थियो । एनआरएनए फ्रान्सका महासचिव मिन श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा उदयराज पाण्डे र अनीश त्रिपाठीले प्राबिधिक रुपमा सहयोग गर्नुभएको थियो ।


प्रकाशित | २७ पुष २०७७, सोमबार २०:५९