कोरोना भाइरसबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र मलेसिया १ जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १७ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

अझै सतर्कता अपनाउ

नेपालमा कोरोना संक्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ समितिका संयोजक सन्जिव सापकोटाले बताउनु भएको छ । अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने होभने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड अपनाउन भन्दै उहाँले जोखिम घट्यो भन्ने बेला नभएको स्पष्ट बताउनुभयो ।

बेलायत लगायतका यूरोपेलि मुलुकमा फैलिएको संक्रमणका कारण नेपालीहरु पनि अछुतो नरहेको भन्दै उहाँले उच्च सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।


प्रकाशित | २६ पुष २०७७, आईतवार १३:००