चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

वीरगञ्ज । सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ ।
सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ ।
मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ ।


प्रकाशित | २६ पुष २०७७, आईतवार ०९:३६