माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का ग्राहकहरूले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट अध्यक्ष राजनबाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत सिप्रदी ट्रेडिङ्गका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।


प्रकाशित | २५ पुष २०७७, शनिबार १५:३०