करीनाले बिपाशालाई थप्पड हानेपछि….

एजेन्सी । बलिउडमा आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुनुहुन्छ बिपासा बसु । उहाँ आज आफ्नो ४२ औँ जन्मदिन मनाइरहनु भएको छ । प्रखर अभिनयका कारण बलिउडमा अलग पहिचान बनाउनु भएकी अभिनेत्रीले सन् २००१ मा अब्बास मस्तानको फिल्म ’अजनबी’बाट बलिउडमा पाइला टेक्नु भएको थियो ।
यसपछि बिपाशाले कहिल्यै पनि करियरमा पछाडि फर्केर हेर्नुपरेन । बिपाशाले भुतका फिल्महरु ’राज’ मा गरेको अभिनयले दर्शकको धेरै माया पाउनु भयो । यसपछि उहाँले ’धुम’, ’हेराफेरि–२’ जस्ता फिल्ममा पनि दमदार अभिनय गर्नु भयो ।
फिल्म खेल्ने क्रममा उहाँ थुप्रै घटनाहरुसँग जोडिएर चर्चामा आउनु भयो । जसमध्ये अभिनेत्री करीना कपूरसँगको एउटा घटनाले पनि उहाँ निकै चर्चामा आउनु भयो। सन् २००१ मा फिल्म ’अजनबी’ मा बिपाशा र करीनाले एकसाथ काम गर्नु भएको थियो । फिल्म सेटमा उहाँहरुबीच विवाद भयो । विवादकै क्रममा करीनाले बिपाशालाई थप्पड लगाउनुभएको थियो । जसको चर्चा आजसम्म पनि हुने गर्छ ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार ०८:४४