ला लिगामा भ्यालेन्सिया र काडिजको बराबरी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र काडिजले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा भ्यालेन्सिया र काडिजले १–१ गोलको बराबरी खेलेका हुन् ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता भने काडिजले बनाएको थियो । खेलको ५८औँ मिनेटमा एन्थोनी लोजानोले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो ।

तर, खेलको ७९ औं मिनेटमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई १–१ गोलको बराबरीमा फर्काउनु भयो ।

बराबरीसँगै भ्यालेन्सिया रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।भ्यालेन्सिया १६ अंक जोडेर १७औँ स्थानमा रहेको छ । काडिज २० अंक जोडेर १०औँ स्थानमा रहेको छ ।


प्रकाशित | २१ पुष २०७७, मंगलवार ०८:३८