महिला बास्केटबलकी उदीयमान अनुहार सदिना

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड ’ नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रम हो । अवार्डको १७ औं संस्करण यही पुस २८ गते ललितपुर सातदोवाटो स्थित कराते हलमा हुँदैछ ।

त्यसै सन्दर्भमा बजाज पल्सर स्पोर्ट्स अवार्डको विभिन्न विधामध्ये आम खेलप्रेमीले आफ्नो मतबाट उत्कृष्ट खेलाडी चुन्न पाउने ‘पिपल्स च्वाइस विधा’ को खेलाडी मनोनयन सार्वजनीक भइसकेको छ। २०७६ सालमा खेलाडीको रूपमा नेपाली खेलकुदमा लोकप्रियता हासिल गरेका पाँच खेलाडी यस विधाको मनोनयनमा परेका छन् ।

यसपालि पिपल्स च्वाइस विधाको मनोनयनमा बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही र फुटबलकी सावित्रा भण्डारी परेका छन् । गत वर्ष उनीहरूले पाएको सफलता र चर्चाका आधारमा यी पाँच खेलाडी मनोनयनको हकदार भएका हुन् । यसपालि सम्भवतः पहिलोपटक महिला खेलाडीको वर्चस्व रहेको छ । यो किन पनि भन्दा गत वर्ष नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला खेलाडीले उच्च सफलता हासिल गरेका थिए ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट ई–सेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा हुनेछ । भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने छ । भोटिङलाइन पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहनेछ ।

विगतमा भन्दा भोटिङ प्रक्रिया यसपालि अलि भिन्न गरिएको छ । मोबाइलबाट एसएमएस भोटिङ गरि“दै आएकोमा यसपालि पहिलो पटक ई–सेवामार्फत गरिन लागिएको हो । लोकप्रिय विद्युतिय भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाको पहुँच संसारभर छ । त्यसैले संसारभरका सर्मथकले ई–सेवा मार्फत भोट गर्न सक्नेछन् ।

ई–सेवा भोटिङको मतभार ५० प्रतिशत रहनेछ । फेसबुक पेजको २५ प्रतिशत र पत्रकार, मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ । फेसबुकमा भोटका लागि एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाइक गर्न सकिनेछ । पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमको दिन पुस २८ गते नै गरिनेछ । यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गरिनेछ । विगतमा जस्तै उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । भोटिङ गर्ने एक भाग्यमानी विजेतालाई पनि आर्कषक उपहार प्रदान गरिनेछ ।

को हुन महिला बास्केटबलकी अनुहार सदीना ?

कोही कोही खेलाडीले उनको आफ्नो खेलको लामै कालखण्ड प्रतिनिधित्व गरिरहेको हुन्छ । यस्तै एक खेलाडी हुन्, बास्केटबलकी सदीना श्रेष्ठ । उनलाई नेपाली महिला बास्केटबलकी सक्कली अनुहार भन्दा हुन्छ । उनी अहिले ३० वर्षकी भइन्, उनले सक्रिय रूपमा बास्केटबल खेल्न थालेको १५ वर्ष भन्दा बढी भइसकेको छ । अझ उनी त अहिले राष्ट्रिय टिमकी कप्तान समेत हुन् । उनकै नेतृत्वमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को महिला बास्केटबल तर्फ रजत जितेको थियो ।

यो पनि यस्तो रजत पदक हो, जसको स्वर्ण पदकको हुलबीच पनि छुट्टै सान छ । अझ उल्लेखनीय पक्ष त के भन्दा नेपाली महिला टिमले सागमा खेलेको नै यो पहिलो पल्ट हो । फाइनलमा भने नेपाल भारतसँग रोकियो । त्यस खेलको समाप्तीमा जहाँ अन्य अवस्थामा निराशा छाउन सक्थ्यो, तर त्यति बेला भने सबै नेपाली महिला खेलाडीको अनुहारमा खुसी र गर्व नै थियो । यो आफैमा ऐतिहासिक पदक थियो, यसमा खुशी हुनु पर्नेका अनेक कारण थिए ।
तिनै सदीना यस पल्टको पल्सर स्पोर्टस अवार्ड २०७६ को लोकप्रिय विधाका एक प्रत्यासी हुन् । उनका लागि बास्केटबल नै सबथोक हो । अझ उनी यो खेलको आवाज पनि हो, उनी आप्mनो मनमा लागेका सबथोक पोखिरहेकी पनि हुन्छिन् ।

पछिल्लो पटक उनी आप्mनो टिमले जितेको रजक पदक कम्तीको होइन भने सबैलाई सुनाइरहेकी थिइन् । खासमा उनी प्राकृतिक रूपमा कप्तान सम्हाल्ने खालका खेलाडी हुन्, अथवा भनौं ‘बर्न लिडर’ । उनी व्यवस्थापनकी विद्यार्थी हुन्, त्यसमा ‘लिडरसिप’ बारे राम्रैसँग पढ्नु पर्छ । कप्तानले के के गर्नु पर्छ, आफनो टिमलाई अभिप्रेरित गर्न के कस्तो गर्नु पर्छ, उनी ती सबैको ख्याल राख्छिन् ।


प्रकाशित | १९ पुष २०७७, आईतवार १९:५१