टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लियो

एजेन्सी । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ ।
लिड्स युनाईटेडलाई शनिबार राति भएको खेलमा ३–० को जित निकाल्दै टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको हो ।
टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक–एक गोल गरे ।
खेलको अन्तिम केही समय टोटेनहम १० खेलाडीमा समेटिएको थियो । म्याट दोहेर्टीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको हो ।
घरेलु मैदानमा भएको जितसँगै टोटेनहम १६ खेलमा २९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । लिड्स २३ अंक जोडेर ११औँ स्थानमा रहेको छ ।


प्रकाशित | १९ पुष २०७७, आईतवार ०७:११