पछिल्लो २४ घण्टामा १४ हजार ७४४ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ ।कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।
चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको संक्रमण विश्वका २१८ मुलुकमा फैलिरहँदा मृतकको संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार (१५ पुसमा) १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा धेरै संक्रमितको मृत्यु भएको छ । युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ ।


प्रकाशित | १६ पुष २०७७, बिहीबार ०७:५९