एनआरएनए मकाउको १२ औं वार्षिक उत्सव सम्पन्न, संशोधीत विधान पारित

मकाउ – गैर आवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । कोभिड १९ का बाबजुट पनि संघले औपचारिक कार्यक्रमको आयोजना गर्दै वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रम मकाउको ८८४८ नेपाली रेष्टुरेन्टमा सम्पन्न गरिएको हो ।

एनआरएनए मकाउका पूर्व अध्यक्ष सुदर्शन थापा र वर्तमान अध्यक्ष पुर्ण बहादुर गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तरािष्टय समन्वय परिषद्क अध्यक्ष कुमार पन्त, मकाउका लागि निमित्त नेपाली महावाण्ज्यिदूत किरण गुरुङले पनि शुभकामना सन्देश पठाउनुभएको थियो ।

मकाउमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न कार्यक्रममा एनसिसी मकाउको तर्फबाट सल्लाहकारद्धय उत्तम गुरुङ र शिव थापा पनि अतिथिको रुपमा सहभागि हुनुभएको थियो ।

त्यस्तै, वाषिर्कोत्सवको अवसरमा २०१९ २० को एक वर्षे वार्षिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो भने पहिलो पटक आगामी दुई वर्षे कार्ययोजना सार्वजनीक गरियो । साथै सोही अवसरमा संशोधीत विधान पनि पारित गरिएको छ । एनआरएन मकाउले गरेको विधानको तेसो संशोधन सर्वसम्मत पारित गरिएको हो ।

मकाउका सबै संघसस्था तथा नेपाली समुदायको भावना तथा हक हित समेटीएर तयार पारिएको विधान आइसिसीको केन्द्रीय विधान समितिले चेकजाँच गरेर लागू गर्न अनुमती दिएको थियो । एनआरएन मकाउले पहिलो पटक २००८ र दोस्रो पटक २०१६ मा विधान संशोधन गरेको थियो । यो सहित तेस्रो पटक विधान संशोधन भएको एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले जानकारी गराउनुभयो ।

त्यस्तैगरि, वार्षिकोत्सवको अवसर पारि गैर आवासीय नेपाली संघ मकाउले नेपाली समुदायलाई सहयोग गर्ने विभिन्न बौद्धिक ब्यक्तीत्व तथा ब्यवसायीहरुलाई पनि सम्मान गरेको थियो । सो अवसरमा नेपाली समुदायलाई चिनाउने १७ जना स्वदेशी तथा विदेशी बौद्धिक व्याक्तित्वहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको हो । एनआरएन मकाउका महासचिव राजेश गुरुङले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष प्रेम कुमार विकले स्वागत मन्तब्य राख्नुभएको थियो ।


प्रकाशित | १४ पुष २०७७, मंगलवार २१:४४