विदेशी नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध

एजेन्सी – जापान सरकारले नयाँ कोरोना भाइरस फैलने जोखिम बढेको भन्दै आफ्नो देशमा बिदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ।

बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले सोमवारबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउन लागेको हो।

शनिवार त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो। जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो प्रतिबन्ध जनवरी अन्त्यसम्म जारी रहने जापानटुडेले जनाएको छ।

यो नियमबाट थाइल्यान्ड, भियातनाम, दक्षिण कोरिया र ताइवानलगायत १० देश भने प्रभावित हुने छैनन्। नेपालीहरुका लागि भने यो प्रतिबन्ध लागू हुने बताइएको छ।


प्रकाशित | १२ पुष २०७७, आईतवार १३:१६