ग्याब्रियल र केएल वाल्कर कोरोना संक्रमित

एजेन्सी । म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना भाइसको संक्रमण भएको छ ।
संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ ।
सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसंग खेल्दैछ । दुई खेलाडीले अब यी दुबै खेल गुमाउन सक्ने जनाइएको छ ।


प्रकाशित | ११ पुष २०७७, शनिबार ०९:२०