ओमानमा आइतबारबाट कोरोना विरुद्धको खोप लगाइने

एजेन्सी । ओमानमा आइतबारबाट कोरोना विरुद्धको खोप लगाइने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप ओमान पनि पु¥याइएको हो ।

पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमानमा लगिएको हो । पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ल्याईएको ओमानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ११ पुष २०७७, शनिबार ०८:४०