प्रचण्ड–माधव समूहको बैठक : ओलीलाई अध्यक्षबाट हटाउने र नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकप ) को प्रचण्ड– माधवकुमार नेपाल समूहको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

त्यस्तै, स्थायी कमिटीको बैठक सकिएसँगै केन्द्रीय कमिटीको बैठक पनि बबरमहलस्थित कार्की ब्याङ्केटमा शूरु भएको छ । स्थायी कमिटीको बैठकले गरेको निर्णय केन्द्रीय कमिटीले पास गर्न लागेको हो ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार १४:१२