प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने हुनु भएको छ । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्न लाग्नु भएको हो ।

उहाँले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।


प्रकाशित | ६ पुष २०७७, सोमबार १४:०१