मुलुकमा प्राप्त उपलब्धी नै गुम्ने गरी प्रतिनिधिसभा विघटन गरियो: सात मन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राजनीतिक नेतृत्वले मुलुकमा प्राप्त उपलब्धी नै गुम्ने गरी प्रतिनिधिसभा विघटन गरिएको बताउनु भएको छ ।

मन्त्री पदबाट राजीनामा दिँदै उहाँले जनताको त्याग र बलिदान, राजनीतिक उपलब्धिलाई बचाइराख्न आफूहरूको सक्रियता रहिरहने उल्लेख गर्नु भयो ।

अर्का मन्त्री घनश्याम भुसालले राजनीतिक स्थिरता र विकासका लागि असाधारण सम्भावना खुलेको नेपालमा प्रधानमन्त्रीको कदमले धक्का लाग्न पुगेको बताउनु भयो । उहाँले यो निर्णयले पार्टी मात्रै नभएर राजनीति नै दुर्घटनामा परेको स्पष्ट पार्नु भयो ।

आईतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु भएको थियो । संसद विघटनपछि मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर मन्त्रीले राजीनामा दिएका हुन् ।
पूर्वमाओवादीबाट मन्त्री बन्नु भएका रामबहादुर थापा र लेखराज भट्टले भने राजीनामा दिनु भएको छैन ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १७:५३