मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

एजेन्सी । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफा वर्ष अवार्ड प्रदान गरिएको छ । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् ।

लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए । लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो ।

विजेताको घोषणा राष्ट्रिय टोलीका कप्तान र मुख्य प्रशिक्षक, समर्थकबाट आउने अनलाइन मत र विश्वभरबाट २ सय जना खेलकुद पत्रकारबाट आउने मतका आधारमा गरिन्छ ।


प्रकाशित | ४ पुष २०७७, शनिबार ०८:५६