चार सय भन्दा बढी गैर आवासीय नेपालीको सहयोगमा निर्माण गरिएको ‘रक्त संकलन घुम्ती बस’ हस्तान्तरण

अध्यक्ष कुमार पन्तद्धारा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन

चितवन : गैर आवासीय नेपाली संघले भरतपुर महानगरपालिकालाई रक्त संकलन बस हस्तान्तरण गरेको छ । शुक्रबार सम्पन्न हस्तान्तरण कार्यक्रममा भरतपुर महानरगपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती साही ठकुरी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, उपाध्यक्ष डा बद्री केसी, सचिव राजेन्द्र कुमार शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल, सल्लाहकार रामेश्वर साह लगायत विभिन्न देशका एनआरएनए नेतृत्वहरुको उपस्थितिमा उक्त घुम्ती बस हस्तान्तरण गरिएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गैरआवासीय नेपाली संघले देश व्यापिरुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै भरतपुर महानगरका लागि रक्त संकलन बस हस्तान्तरण गरेर संघले अतुलनिय र अमूल्य योगदान पुर्याएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

एनआरएनएद्धारा भरतपुर महानगरलाई ‘रक्त संकलन घुम्ती बस’ हस्तान्तरण

संघका उपाध्यक्ष डा बद्री केसीले नेपालीहरु रहरले नभइ कहरले विदेश गएको भन्दै विदेशमा सिकेको सिप र आर्जन गरेको धन नेपालकै लागि लगानी गरेको बताउनुभयो । उहाँले नेपालमा बसेका नेपाली जति आफ्नो देशको समृद्दिका लागि चिन्तित छन् त्यति नै विदेशमा बस्ने नेपाली पनि चिन्तामा रहेको बताउनुभयो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले महानगरका जनताको स्वास्थ्यका लागि अति आवस्यक रहेको घुम्ती बस पाउँदा खुसी लागेको बताउँदै संघलाई धन्यवाद दिनुभयो ।

त्यस्तै संघका सचिव आरके शर्माले विदेशमा वा स्वदेशमा जहाँ पनि अप्ठ्यारोमा परेका नेपालीहरुका लागि संघले सहयोग तथा सहकार्य गर्दै आएको बताउँदै ४ सय भन्दा बढी गैरआवासीय नेपालीको सहयोगमा उक्त बस हस्तान्तरण गरिएको बताउनुभयो ।

एनआरएनएद्धारा भरतपुर महानगरलाई ‘रक्त संकलन घुम्ती बस’ हस्तान्तरण

संघका कोषाध्यक्ष लोक प्रसाद दाहालले एक महिनाको अभियानमा उक्त बस हस्तान्तरण गर्न सफल भएको बताउँदै भरतपुर महानगरबाट सुरु गरेको यो बस हस्तान्तरण कार्यक्रमलाई सातवटै प्रदेशमा पुर्याइने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेस चितवनका प्रतिनिधि सुनिल अर्याल लगायत विभिन्न दल तथा क्षेत्रबाट प्रतिनिधित्व गरेका व्यक्तित्वहरुले मन्तव्य राख्नुभएको थियो ।

संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको पहलमा सुरु गरिएको परियोजना नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरि प्रतिकुल समयमा पनि रगत संकलन गर्नका लागि सहज होस् भन्ने उद्धेश्यसहित घुम्ती बस हस्तान्तरण गरिएको बताइएको छ ।

Image may contain: 7 people, indoor

त्यस्तै, अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली संघ घुम्ती रगत बस परियोजनाअन्तर्गत पहिलो मोबाइल बस हस्तान्तरण गर्न पाएकामा खुसी ब्यक्त गर्नुभएको छ ।

Image may contain: 3 people, people standing and outdoor

अध्यक्ष पन्तले सामाजीक सञ्जालमार्फत भन्नुभएको छ, ‘यस कामलाई सफल पार्न संयोजकका रूपमा संघका सचिव गौरीराज जोशी र टिमका अन्य साथीहरू, सहयोगदाता, कर्मचारी, भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीप्रति विशेष आभार व्यक्त गर्दछु ।’

Image may contain: 2 people, text that says 'PREMIER 100mlm Renu Dahal Mayor'

यसमा करिब ४०० भन्दा बढी गैर आवासीय नेपालीको प्रत्यक्ष सहयोग रहेको अध्यक्ष पन्तले जानकारी गराउनुभयो । पन्तका अनुसार घुम्ती रगत बस सामाजिक दूरी कायम हुने गरी निर्माण भएको छ ।

Image may contain: 5 people, people standing, text that says 'NRNA + भरतपर महानगरपालिकाको समन्वयमा रआे सीय नेपाली संघ (NRNA) बाट सहयोग प्राप्त विपद व्यवस्थापन एम्बुलेन्स /घुम्ती रक संकलन बस हस्तान्तरण कार्यक्रम Handover Ceremony NRNA OfNRNAMoile Mobile Blood Collection Bus THE GIFT हाम्रो अभिया प्रविधि मैत्र HANDOVER रप्दों वार" FRIDAY 03 POUSH 77 WARDS Renu PREMIER hal'

यसले विषम परिस्थितिमा पनि रगतको अभाव हुन नदिई संकलन, भण्डारण र व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मद्दत गर्नेछ । आकस्मिक रुपमा रगत आवश्यक पर्ने बिरामीका लागि यस परियोजनाले राहत प्रदान गर्ने विश्वास लिइएको छ ।

Image may contain: one or more people and outdoor
Image may contain: 17 people, including Dahal Lok Prasad, people standing

प्रकाशित | ३ पुष २०७७, शुक्रबार १९:४०