सरकारी सञ्चारमाध्यमलाई ब्यवस्थित र प्रभावकारी बनाउन सञ्चारमन्त्री गुरुङ सक्रिय

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चारै सरकारी सञ्चारमाध्यमलाई थोरै जनशक्तिका भरमा धेरै सेवा दिने गरी अघि बढाउने योजनामा मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले मंगलबार आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई ब्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय गृहकार्यमा रहेको जानकारी गराउनुभएको हो ।

सरकारका प्रवक्ता समेत रहनुभएको मन्त्री गुरुङले राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रलाई प्रभावकारीरुपमा अघि बढाउने सम्बन्धमा छलफल भइरहेको बताउनुभयो । देशको सबै भूगोलमा रेडियोको सेवा पु¥याउने र नेपाल टेलिभिजनलाई अन्तर्राष्ट्रियस्तरसम्म सेवा विस्तार गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चालु आर्थिक वर्षमा ९२ प्रतिशत नेपालीका घर आँगनमा रेडियोको सेवा पु¥याउने लक्ष्य रहेको जानकारी गराउँदै यसका लागि तालीमका कार्यक्रम पनि सुरु भएको जानकारी गराउनुभयो ।


प्रकाशित | ३० मंसिर २०७७, मंगलवार १७:३०