आईसिसीको निर्देशन उल्लंघन गर्दै एनसिसी अमेरिका, निर्देशन नमाने खारेजीसम्मको चेतावनी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका आइसिसीको निर्णयविपरीत गएको भन्दै एनसिसी अमेरिका खारेजीसम्म गर्न सकिने चेतावनी दिइएको छ । आइसिसीले संघको सांगठनीक पुनर्सरचना गर्ने गरि ब्यापक तयारी गरिरहेको बेला सबै एनसिसीलाई सदस्यता वितरण नगर्न नगराउन दिइएको निर्देशन उल्लंघन गरि निर्णय मान्न नसक्ने जनाएपछि एनसिसी अमेरिकालाई सो चेतावनी दिइएको हो ।

गत १३ अक्टोवरमा आईसिसी महासचिव डा हेमराज शर्माले एनसिसीहरुलाई सचिवालय बैठकको निर्णयअनुसार परिपत्र पठाउँदै हाललाई पञ्जीकृत सदस्यता वितरण स्थगीत गर्न निर्देशन दिनुभएको थियो ।

No description available.

महासचिव शर्माले गर्नुभएको परिपत्रमा भनीएको थियो, ‘गैर आवासीय नेपाली संघको विशेष महाधिवेशन अनलाईन माध्यममार्फत आयोजना गर्ने सम्बन्धमा परराष्ट मन्त्रालय सकारात्मक रहेको पत्र प्राप्त भएको र स्मार्ट एनआरएन प्रोजेक्ट अन्तर्गतको नयाँ एमआईएस सिष्टम अहिले परिक्षणको चरणमा भएकाले अर्को सूचना जारी नभएसम्मको लागि सबै राष्टिय समन्वय परिषद्ले आफना मुलुकमा पञ्जीकृत सदस्यता वितरण स्थगीत गर्नु ।’ तर नोभेम्बर ३ मा एनआरएन अमेरिकाले एक बिज्ञप्ति जारी गर्दै आइसिसीको निर्देशन मान्न नसकिने जनाएको थियो ।

एनसिसी अमेरिकाले विधानले गरेको ब्यबस्था र देशको कानून बमोजिम सदस्यता वितरण कार्यलाई स्थगन गर्न नमिल्ने भएकोले सोको जानकारी अन्तराष्ट्रिय समन्वय परिषद्लाई गराउँदै निर्देशन मान्न नसकिने बताएको थियो । आइसिसीले भने एनआरएन अमेरिकाले विभिन्न बहाना बनाएर आइसिसीको निर्देशन उल्लंघन गरेको भन्दै एनसिसी अमेरिकालाई खारेजीसम्मको चेतावनी दिएको छ ।


प्रकाशित | २७ कार्तिक २०७७, बिहीबार ०९:१९