लाप्राक । गैर आवासीय नेपाली संघले कोरोना महामारीका बीच पनि लाप्राक नमूना बस्तीको निर्माण कार्यलाई तीब्रता दिएको छ । वर्षाको कारण संघले झण्डै साढे तीन महिना बन्द रहेको परियोजनालाई पुन: सूचारु गरेको हो ।

लाप्राक नमूना बस्ती परियोजनाका संयोजक तथा गैर आवासीय नेपाली संघका उपाध्यक्ष, सोनाम लामाको नेतृत्वको एक प्रतिनिधि मण्डलले परियोजना स्थलको भ्रमण गरि कार्यप्रगतिको समिक्षा गर्दै निर्माण कार्य शूरु गरेको हो । झण्डै साढे तीन महिना बर्षाको कारण परियोजना स्थलसम्म पुग्ने बाटो बन्द भएकोमा यही कात्तिक २ देखि बाटो खुला भएको थियो ।

उपाध्यक्ष लामाको टोलीले लाभग्राहि र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गसंग बैठक गरी कार्यप्रगतिको समिक्षा गर्दै आगामी दिनमा परियोयोजनाको अन्तिम कामहरु कसरी छिटो भन्दा छिटो सम्पन्न गर्ने बिषयमा छलफल गरेको छ ।

सो अवसरमा कतिपय लाभाग्राहिहरु आआफ्नो घरको अन्तिम चरणका निर्माण कार्यहरुमा संलग्न हुँदै गरेका देखियो र करीव ३० घरहरुमा लाभग्राहिहरु बसोवास गर्न थालिसकेका थिए । साथै राष्ट्रिय पूनर्निमाण प्राधिकरणले दक्षिण तर्फ बाटोमा रिटेन्सन वाल र नाला समेत निमार्ण गरिसकेको छ । यसरी लाभग्राहीहरु आफ्नो घर निर्माणमा आफैले निर्माण सामग्रीहरुको व्यवस्था गर्दै निर्माण कार्यमा स्वयंम संलग्न भएकाले छिटै घरहरुमा आफै बसोबास गर्ने जानकारी गराए ।

बाटो खुला भएकोले अन्तिम चरणको निर्माण कार्यको लागि आवश्यक निर्माण समाग्रीहरु संघले एक दुई दिन भित्र निर्माण स्थलमा पुर्याउने र लाभग्राहिहरुले संघ, धार्चे गाउँपालिका बीच भएको सम्झौता अनुसार निर्माण कार्य छिटो सक्ने गरी कामको थालनी गर्ने र वडा कार्यालयको सिफरिस अनुसार निर्माण सम्पन्न भएका कार्यहरुको संघले भुक्तानी दिने निर्णय गरिएको छ ।

यसै गरी लाभग्राहिहरुलाई जग्गा धनि पूर्जा उपलब्ध गराउने कार्य अन्तिम चरणमा पुगेको र त्यसको लागि लाभग्राहिहरु स्वयम् अग्रसर हुन पर्ने भएकोले, निशुल्क मिटर र बस्तिमा विद्युतिकरण गर्न गाउँपालिकाले पहल गर्ने सहमति समेत गरिएको छ ।

बैठकमा झण्डै पचास घरधूरीका लाभग्राहिहरु र संघको तर्फबाट परियोजनाका सह–संयोजक श्याम तामाङ्ग, संघका कार्यकारी निर्देशक र परियोजना स्थलमा रहेका परियोजनाका कार्मचारीहरुको सहभागीता रहेको थियो ।












प्रकाशित | १४ कार्तिक २०७७, शुक्रबार १८:५९