काठमाडौं उपत्यकामा १ हजार ६१५ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना संक्रमित थपिएका हुन ।

गत २४ घण्टामा २ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको छ ।


प्रकाशित | १३ कार्तिक २०७७, बिहीबार १६:५५