भौतिक दूूरी कायम गरी कुुमारी दर्शनको व्यवस्था

काठमाडौँ । बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिनु भएको छ ।

पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुनुहुने छैन । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ । कोरोना सङ्क्रमणका कारण बच्न बचाउन यो प्रकारको दर्शन व्यवस्था भएको गुठी शाखा ललितपुरका प्रमुख राजन भुजु बताउनुहुन्छ । किलागल, साँखु, बुङ्गमती, टोखा, कीर्तिपुर लगायतका नेवारी प्रचलन अनुसार नेवारी बस्तीमा रहनु भएका अन्य कुमारी पनि घरमै रहनुहुने भएको छ ।

वसन्तपुरस्थित काठमाडौँ दफ्तर क्लवका अध्यक्ष राकेश शाहीले कुमारी दर्शनमा होसियारी अपनाउन आग्रह गर्नुभएको छ । सन्तपुरमा श्रीकुमारी, भक्तपुरमा एकान्तकुमारी र पाटनमा गणकुमारीको सांस्कृतिक क्षेत्रमा आफ्नै महत्व छ भने नेवारी वस्तीमा प्रचलनमा रहनु भएका कुमारीको छुट्टै महत्व छ ।

भक्तपुरमा अलग व्यवस्था

भक्तपुरको एकान्तकुमारी भने घरमै रहनु हुने भएको छ । भक्तपुर तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीका अनुसार सर्वसाधारणले कुमारीको दर्शन पाउने छैनन् । भक्तपुर गुठी संस्थानका शाखा प्रमुख आनन्द कर्माचार्यका अनुसार एकान्तकुमारीको पूजन भने गुठियारले मात्र गर्छन् । आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | ८ कार्तिक २०७७, शनिबार ०८:३५