सञ्चार क्षेत्रलाई मर्यादीत, ब्यवस्थित र गरिमा बढाउन लागिपर्छु : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रलाई मर्यादीत, ब्यवस्थित र गरिमा बढाउन लागिपर्ने बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी समालेसँगै आज मन्त्रालयमा आयोजीत स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई ब्यवस्थित, मर्यादीत र गरिमा बढाउन लागिपर्ने बताउनुभएको हो ।

मन्त्री गुरुङले पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन र सञ्चार क्षेत्रमा ब्याप्त रहेको नकारात्मक परिपाटीलाई अन्त्य गर्दै सकारात्मक परिपार्टीको शूरुवात गर्न लागिपर्ने बताउनुभयो । सकारात्मक सोचबाटै समाज निर्माण सम्भव रहेको बताउँदै मन्त्री गुरुङले सबैले नकारात्मक सोच, कार्यशैली र दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बेला आएको पनि बताउनुभयो ।

सञ्चार क्षेत्रले सधै सही सूचना दिनुपर्नेमा जोड दिर्दै झुठको खेती गरेर समाजलाई गलत सन्देश दिने, समाजलाई विभाजीत गर्ने र भ्रम फैलाउने कार्यको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल सरकारको तर्फबाट मन्त्रालयले सही सूचना सार्वजनीक गर्नुपर्ने र मन्त्रालयका सम्बन्धीत विभिन्न क्षेत्रका समस्यालाई पहिचान गर्दै मन्त्री तहबाट गर्नुपर्ने कार्यहरु गर्न लागिपर्ने बताउनुभयो ।

मन्त्रालय समालेको सय दिनभित्र समग्र मन्त्रालयले गर्नुपर्ने कार्यको चिरफार गर्दै आफनो स्पष्ट कार्यदिशा सार्वजनीक गर्ने पनि बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, ‘सबै मिलेर राम्रा कुरालाई सृढृढ बनाउने तथा राम्रा कार्यलाई अगाडि बढाउनुपर्छ, यस क्षेत्रमा रहेका विकृति र विसंगतीलाई अन्त्य गर्ने कार्यमा लाग्नुपर्छ ।’

मन्त्री गुरुङले कर्मचारीबाट गलत ढंगबाट सूचना दिने र सल्लाह दिने कार्य गरिएमा स्वीकार्य नहुने बताउँदै गलत मनसाय राखेर सूचना तथा सल्लाह दिनेलाई पहिचान गर्दै अगाडि बढ्ने बताउनुभयो । सिंगो सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन लागिपर्ने बताउँदै मन्त्री गुरुङले सबै मन्त्रालयसँग समन्वय गरेर सूचना सार्वजनीक गरिने पनि बताउनुभयो।

‘अब कुनै पनि मन्त्रालयले सूचना लुकाएर बस्नु हुँदैन । पत्रकारको काम पत्रकारले गर्नुहोला र तर वानडोर सिस्टमबाट सूचना लग्नुपर्छ’, मन्त्री गुरुङले भन्नुभयो । आफूले मन्त्रालय समालेको पहिलो दिन कुनै निर्देशन नभएको र मन्त्रालय बुझेर कदम चाल्ने पनि मन्त्री गुरुङले बताउनुभयो । ‘कामको नीति निर्देशन पछि हुनेछ’, मन्त्री गुरुङले भन्नुभयो ।


प्रकाशित | २९ आश्विन २०७७, बिहीबार १४:३३