नेपालमा थप १ हजार २४६ जनामा कोरोना संक्रमण, १ हजार २४३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसख्याका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २ सय ४१ जनामध्ये थप १ हजार २४६ जनामा संक्रमण देखिएको हो । यो सँगै कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।

पछिल्लो २४ घण्टा १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ जना पुगेको छ।

देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । क्वारेन्टिनमा सात हजार ८८३ जना छन् । देशभर १४२ जना आइसीयू र ३९ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनु भएको छ ।

कोरोनाले २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ।


प्रकाशित | १ आश्विन २०७७, बिहीबार १६:३९