प्रशिक्षण कार्यक्रम गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाले मनायो बिपी जयन्ती

सिड्नी : अष्ट्रेलियामा विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्म जयन्ती तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया राज्य समितिको अग्रसरतामा विपी जयन्ती तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण ‘विपी बिचार र अबको राजनीति ‘बिषयमा आयोजना गरिएको हो ।

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष एबम संयोजक कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवंम वक्ताका रुपमा पार्टी केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, अतिथि एवं वक्ताका रुपमा पार्टी केन्द्रीय सदस्य एवं पूर्व जनसम्पर्क समन्वय बिभाग प्रमुख अर्जुन जोशी र नेपाल बिद्यार्थी संघ अध्यक्ष राजिब ढुङ्गाना रहनु भएको थियो । उहाँहरुले बिपीका बारेमा आफ्ना बिचारहरु राख्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बालकृष्ण खाँणले बिपीको सान्दर्भिकता २००७ सालमा जति थियो ७० बर्ष पछि पनि त्यतिकै रहेको बताउनुभयो । नागरिक स्वतन्त्रता र नागरीक बिचको आर्थीक समानता बिपीले मुख्य रुपमा अघि बढाएका विचार रहेको बताउँदै भन्नुभयो, ‘बिपीले त्यो बेला देखि नै पहिचानको महत्व बुझ्नु भएको थियो, तराई, मधेश, पहाड, जात जाति, पिछडिएका बर्ग सबैको पहिचानको प्रतिनिधित्व हुने समावेशी राजनीतिको सुरुवात आफैले गर्नुभयो ।’

‘त्रिबिको स्थापना देखि देशलाई आर्थिक, सामाजिक र राजनीतिक अर्को उचाईमा पुर्याउन थुप्रै नयाँ कार्यको थालनी बिपीले गर्नु भयो । बिपीका बिचारलाई नेता कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरीजा प्रसाद कोईराला, शेरबहादुर देउवा लगायतका नेताले पनि अनुसरण गर्दै थुप्रै कार्यहरु सम्पन्न गर्नुभएका प्रसस्त उदाहरणहरु छन’, उहाँले भन्नुभयो, ‘जब जब कांग्रेसमा नेताहरु एकआपसमा मिले कांग्रेस नेपाली जनताको भरोषाको पार्टि बनेको हो र आज पनि नेताहरु आपसमा मिल्नुको बिकल्प छैन ।’

खाँडले नेपाली कांग्रेसले गरेका राम्रा कार्यहरुको प्रचार प्रसार सम्म गर्न नसक्नु जनाता माझ बुझाउन नसक्नु आजको कांग्रेसको कमजोरी रहेको बताउनुभयो । ‘संविधानमा भएको प्रावधानलाई उल्टाउने, उल्लघन गर्ने, अहिलेको सरकार खुलेआम भ्रष्टाचार गर्दै हिडेको छ, जनता र किसान प्रति कुनै उत्तरदाई छैन, व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन सकेको छैन’, उहाँले भन्नुभयो ।

कार्यक्रमका अर्को वक्ता नेता अर्जुन जोशीले बिपीको बिचार जनता केन्द्रित भएकाले विपीका हिजोका विचार आजपनि उत्तिकै सान्दर्भिक भएको चर्चा गर्नुभयो । बिपीले उद्धार नीति, समावेसी नीति र नेपाली माटो स्वादिलो राजनीतिक सिद्धान्त प्रतिवादन गर्नु भएकाले उहाँ को बिचार आजपनि व्यवहारिक भएको विचार राख्नुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘नेपाली कांग्रेसमा आफू केन्द्रित राजनीति हुन थाल्यो, बिचार र सिद्धान्तको महत्वो बोकेर नेता हिडन छाडे, मलाई केन्दमा राख्ने, म कहाँ रहन्छु, मेरो उपस्थिति कहाँ रहन्छ जस्ता बिचार नेताहरुले छाडनुपर्छ ।’

जनसम्पर्क मार्फत विगतदेखि पार्टी र नेपाललाई धेरै माया गर्दै आइरहेको बताउँदै चाहे बाढी पहिरो जादाहोस या बाढीले नोक्सान पुर्याउदा, कुनै पनि दैवी प्रकोप तथा विपत विपतमा सबै भन्दा पहिला सहयोग हुने गरेको मा खुसी पनि ब्यक्त गर्नुभयो । प्रवासमा बस्ने कांग्रेसप्रति आस्थावन ब्यक्तीत्वहरुले कांग्रेस प्रति चासो र माया मात्र नभई खवरदारी पनि गर्नुपर्नेमा जोड दिर्दै कांग्रेसलाई सहि बाटोमा हिडाउन प्रयत्न गर्न आवश्यक रहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा विद्यार्थी नेता राजिव ढुङ्गानाले बिपीका बिचारलाई सिद्धान्तमा मात्र सिमित गर्न नहुनेमा जोड दिनुभयो । बिपीलाई एक पक्षबाट मात्र व्यख्या गर्दा न्याय संगत नहुने भन्दै उहाँले बिपीले नेपाली माटो सुहाउँदो राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पक्षमा नेपाली कांग्रेसको स्थापना गर्नुभएको विचार ब्यक्त गर्नुभयो ।

‘विपीले समानता र पहिचानका साथै नेपाली जनता र राष्ट्रका लागि लड्दै पुरा जिवन जनतामा समर्पण गर्नुभएकाले नै आज उहाँ जननायक हुनुभएको हो’, ढुङ्गानाले भन्नुभयो, ‘पुँजीबाद र साम्यबादको चर्को नारा चलिरहेको बेला समाजवादको आवस्यकता नेपालले खोजेको हो भन्ने बुझाउन सकेर २ तिहाईको बहुमतको नेकालाई दिलाई प्रथम निर्बाचित नेपालको प्रधानमन्त्री बन्नुभएको हो ।’

कम्न्युनिष्टले नेपाली जनतालाई धोका मात्र दिएको बताउँदै समाजबादको नारा लगाएर जनतामा जोन र मत पाएर सरकार बनाएपछि देशलाई कम्न्यूष्टीकरण गर्न खोजेको ढुङ्गानाले आरोप लगाउनुभयो ।

कार्यक्रमका अध्यक्ष एबम नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले बिषय बस्तुमा आधारीत भइ नेताहरुले बिपीका बारेमा सान्दर्भिक बिचारहरु राखिदिएर सबैलाई प्रशिक्षित गराईदिएकोमा प्रशंसा गर्दै धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नेका आमन्त्रित केन्द्रीय सदस्य एबम जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समिति बेलायतका अध्यक्ष यूवराज गुरुङ, नेका सुचना तथा संचार बिभाग सदस्य एबम जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष नारायण सुवेदी, जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष एबम युरोप जनसम्पर्कका महासचिव गंगाधर गौतम, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष सुरेश गुरुङ, राज्यसमितिका संयोजकहरु अभिमानिसिंह बस्नेत (क्वीन्सलेण्ड), सितल गिरी (एनएसडब्लु), मनिसा अर्याल उप्रेति (भिक्टोरीया), नील थपालीया (डब्लुए), प्रमोद सापकोटा टेक (ताजमानिया ), संस्थाका अग्रजहरु प्रेम सापकोटा, डा. कृष्ण हमाल, डा. डिल्ली बन्जाडे लगायतले बिपीका बारेमा आफ्ना बिचारहरु राख्नुभएको थियो ।

संस्थाको राज्य समिति साउथ अष्ट्रेलिया संयोजक दिलिप कुमार पोखरेलले संचालन एबम सहजीकरण गर्नुभएको कार्यक्रममा जनसम्पर्क समिति न्यूजिल्याण्डका अध्यक्ष बुद्धिसागर घिमिरे, जनसम्पर्क समिति अष्ट्रेलियाका रोहित खड्का, राजेश केसी, गणेश केसी, निरज श्रेष्ठ, राज कुमार अधिकारी, कुसल केसी, नागेन्द्र अधिकारी, राजिब नर्सिह केसी, सुर्य गौतम, इन्द्र न्यौपाने, रुपक मैनाली, अरुण कुमार ठाकुर, सुमिति केसी, सरोज पाण्डे, अर्जुन केसी, नारायण कोईराला, बिशाल पोखरेल, प्रकास प्रजापति, नेत्र पौडेल, भूपेन केसी लगायत देश बिदेशबाट सहभागिता रहेको थियो ।


प्रकाशित | ३१ भाद्र २०७७, बुधबार १२:२८