स्वीडेनमा ‘एनआरएनए कप फुटबल प्रतियोगिता २०२०’ भब्य रुपमा सम्पन्न

स्वीडेन : गैर आवासीय नेपाली संघ स्वीडेनले यहि १२ सेप्टेम्बर २०२० तारिकका दिन स्टकहोल्मको Viking Yeti Club सँगको सहकार्यमा “एन आर एन ए कप फुटबल प्रतियोगिता २०२०” भब्य रुपमा सम्पन गरेको छ ।

NRNA- NCC Sweden को फोटो।

प्रतियोगिताको समापन पछि गैर आवासीय नेपाली संघ, स्वीडेनका अध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष घनश्याम पुन, युवा संयोजक भिम भण्डारी, महिला संयोजक रिना केसी, महिला सदस्य बेली जिसी, सदस्यद्वय प्रविन श्रेष्ठ र रामचन्द्र गौतम तथा प्रमुख संरक्षक चिरन्जिबी खरेलबाट सहभागी ६ ओटै टिमका खेलाडीहरुलाई टिका लगाई प्रमाण-पत्र तथा बिजेता र उपबिजेता टिमलाइ टिका लगाई प्रमाण पत्र, ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो ।

NRNA- NCC Sweden को फोटो।

प्रतियोगितामा बिभिन्न विधामा टाइटल पुरस्कारहरु राखिएको थियो । जस अन्तर्गत Best Player को उपाधि सागर श्रेष्ठ, Best Goal Keeper को उपाधि प्रविन अर्याल, Top Scorer ३ जना उज्वल खत्री, सरोज श्रेष्ठ र सुबास केसी ( समान ३ गोल) र Best Young Emerging Player को उपाधि उज्वल खत्रीले जितेका थिए ।

NRNA- NCC Sweden को फोटो।

टाइटल पुरस्कारको लागि प्रमाण-पत्र, ट्रफी र नगद पुरस्कार Viking Yeti Club का तर्फबाट महेश केसी द्वारा प्रदान गरिएको थियो ।

कुशल तबरबाट निष्पक्ष रेफ्री/अम्पायर को भूमिका निभाउनु भएका मित्रहरु Mazen Scout र Juan jarquin लाई पनि प्रशंसा पत्र र नगद ५०० सेक प्रदान गरिएको थियो । त्यसैगरी यस फुटबल प्रतियोगिता सफल पार्न आफ्नो अमुल्य समय दिइ बिषेश भुमिक निर्बाह गरिदिनु हुने ब्यक्तीहरु श्री महेश केसी, शैलेस मणि उपाध्याय र मनोज थापालाई पनि एन आर एन ए, स्वीडेनका महासचिब राज कुमार पाठक ओमसन बाट ”Honour of Tournament” को सम्मान प्रदान गरिएको थियो ।

NRNA- NCC Sweden को फोटो।

सम्पन्न फुटबल प्रतियोगितामा Stocksunds Nepal Football Team champions बन्न सफल भएको छ भने Runner up को उपाधि Nepsala FC को पोल्टामा गएको छ । ६ ओटा टिम सहभागी प्रतियोगिता २ समुहमा बिभाजन गरी लिक र नक आउटको आधारमा खेलाईएको थियो ।

NRNA- NCC Sweden को फोटो।

प्रतियोगितामा Champions हुने टिमले ७००० सेक नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र पाएका थिए भने दोश्रो हुने टिमले ५००० सेक नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र पाएका थिए । त्यस्तै टाईटल उपाधि पाउने प्रत्येक खेलाडीले ५०० सेक नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र हात पारेका थिए ।

NRNA- NCC Sweden को फोटो।

प्रतियोगिता सफल पार्न आ-आफ्नो ठाउबाट प्रत्यक्ष सहयोग गर्ने कार्य समिति, बिभिन्न सुझाब, सल्लाहका साथै महत्वपूर्ण टिम बर्गिकरण गरी सहयोग पुर्याउनु भएका Viking Yeti Club का व्यक्तित्वहरु सैलेश उपाध्याय, महेश केसी तथा पूर्ण थापा (मनोज), प्रतियोगितामा रेफ्री/अम्पायरको भूमिका निभाउनु भएका बिदेशी मुलका मित्रहरु Mazen Scout र Juan jarquin लाई अध्यक्ष श्रेष्ठले आफ्नो छोटो मन्त्यब्यद्वारा धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो ।


प्रकाशित | ३१ भाद्र २०७७, बुधबार ०८:४१