सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

काठमाडौं : बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक आपआसका जिल्लासँगै काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो । एका बिहानै घरभित्र सुतिरहेकै बेला भूकम्प आएकाले मानीसहरु घरबाहिर निस्किएका थिए ।


प्रकाशित | ३१ भाद्र २०७७, बुधबार ०५:५७