फ्रेन्च ओपनमा मर्रेलाई वाइल्ड कार्ड

एजेन्सी । बेलायती टेनिस खेलाडी एन्डी मर्रेले फ्रेन्च ओपन टेनिसमा वाइल्ड कार्ड प्राप्त गरेका छन् ।यहिँ सेप्टेम्बर अन्तिमबाट सुरु हुने फ्रेन्च ओपनमा मर्रेले वाइल्ड कार्डबाट इन्ट्री पाएका हुन् ।

पूर्व विश्व नम्बर एक समेत रहेका मर्रेले युएस ओपन समेत वाइल्ड कार्डबाट खेलेका थिए । मर्रे युएस ओपनको दोस्रो चरणसम्म पुगेका थिए । यस वर्षको फ्रेन्च ओपन सेप्टम्बर २७ बाट सुरु हुँदैछ ।

तीन पटकको ग्राण्डस्लाम विजेता मर्रे वाइल्ड कार्ड पाउने फ्रान्स बाहिरको एक्लो खेलाडी हुन् । मर्रेले हालसम्म फ्रेन्च ओपन जित्न सकेका छैनन् । सन् २०१६ मा मर्रे फाइनलमा पराजित भएका थिए ।

गत वर्ष हिप इन्जुरीको शल्यक्रिया गरेपछि मर्रेले दोस्रो ग्राण्डस्लाम खेल्न लागेका हुन् ।


प्रकाशित | ३० भाद्र २०७७, मंगलवार १०:११