सिन्धुपाल्चोक पहिरोमा १८ घर पुरियो, एक जना महिलाको शव भेटियो, १७अझै बेपत्ता

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नाग्पुच्छे र भीरखर्क पहिरोले १८ घर पुरिएको छ । गए राती २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिरोले घुम्थाङको १८ घर बगाएको हो ।

भीरखर्कका १०, नागपुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेका अनुसार बेपत्ता भएकामध्ये एक जना महिलाको शव फेला परेको छ । १७ जना अझै बेपत्ता भएका छन् ।

शवको सनाखत हुन बाँकी छ ।बेपत्ताहरुको खोजी र उद्धारको कार्य जारी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीयले बताएका छन । अन्य विस्तृत विवरण आउँन बाँकि छ ।


प्रकाशित | २८ भाद्र २०७७, आईतवार ०८:३५