विदेशमा हजारौं श्रमीक टिकट काट्न नसक्दा भोक भोकै बस्न बाध्य, तत्काल उद्धार गर्न माग

साउदी अरव : नेपाल मजदुर एकता समाजले विदेशमा हजारौं श्रमीकहरु टिकट काट्न नसक्दा विदेशका गल्ली गल्लीमा भोक भोकै बस्न बाध्य बनाइएकोमा सरकारको गम्भिर ध्यानर्कषण गराएको छ । समाजले एक बिज्ञप्ति जारी गर्दै सरकारले व्यवस्था गरेको चार्टर फ्लाइटमा स्वदेशबाट ऋण खोजेर समेत स्वदेश फर्किन सक्ने सम्मका श्रमिकहरु स्वदेश फर्किए पनि स्वदेशबाट समेत आर्थिक मगाएर टिकट काट्न नसक्ने युएईको फ्लेक्स कम्पनीका १७ जना जस्तै हजारौं श्रमिक अहिलेसम्म पनि विदेशी गल्लीमा भोकै तिर्खै छट्पटी रहेको भन्दै सरकारको गम्भिर ध्यानर्कषण गराएको हो ।

बिज्ञप्तिमा भनीएको छ, ‘विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण विश्वका अधिकांश मुलुकमा गम्भीर असर पारेको बारेमा हामी सबैमा सर्वबिधितै छ । यसको प्रत्यक्ष मारमा मुख्यत खाडी मुलुक युएई, साउदी अरेबिया,मलेसिया,कतार लगाएतका विभिन्न देशमा श्रमिकको रूपमा कार्यरत नेपालीहरु दाजुभाइ दिदिबहिनीहरु माथी पनि गम्भीर असर पुर्याएको छ । तत्कालीन अवस्था देखि रोजगार गुमाएका भिसा अवधि सकिएका तथा स्वास्थमा समस्या सिर्जना हुन पुगी अस्वस्थ भएका लगाएत विभिन्न कारण स्वदेश फर्किन नपाएका श्रमिक दाजुभाइ दिदिबहिनीहरु आज सम्म पनि अलपत्र अवस्थामै रहेका छन्।’

‘यूएई तथा साउदीमा स्वदेश फर्काउन माग गर्दै नाराबाजी समेत गरेको घटनाहरु पनि सार्वजनिक हुँदै आएका छन् । उनीहरुलाई समयमै वैकल्पिक व्यवस्था गरि नेपाल सरकारले स्वदेश फर्काउन नसक्नु दुखद पक्ष हो’, समाजले भनेको छ ।

साथै समाजले प्रवासमा अलपत्र नेपालीहरु निशुल्क उद्वार गर्न माग पनि गरेको छ । उसले भनेको छ, ‘विभिन्न देशमा त्यहाँको सरकारले निर्धारण गरेको ओभरस्टे फाइन नेपाल सरकारद्वारा कुटनैतिक पहल गरि मिनाहा गर्ने व्यवस्था मिलाइयोस साथै पछिल्लो चरण व्यवसायीक फ्लाइट मार्फत तय गरिएको हवाइ भाडादर अत्यन्तै महँगो भएको कारण उचित भाडादर कायम गरियोस् । स्थापना देखि नै श्रमिक हरुको पक्षमा निरन्तर आवाज उठाउदै आएको हाम्रो संस्था नेपाली मजदुर एकता समाज यश प्रेस विज्ञपति मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौ ।’

साथै , ‘अलपत्र श्रमिकहरुलाई उनीहरुको वास्तविक अवस्थाको पहिचान गरि जतिसक्दो चाडै निशुल्क स्वदेश फर्काउन तथा बाध्यतावस क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था भएको खण्डमा नेपाल सरकारले राज्यकोष अथवा अन्य कुनै वैकल्पिक श्रोतहरुको खोजी गरि अलपत्र श्रमिकलाई सहज रूपमा जतिसक्दो चाडै स्वदेश फर्किने वातावरण बनाउन समेत नेपाली मजदुर एकता समाज नेपाल सरकार समक्ष जोडदार रूपमा माग गर्दछ’, बिज्ञप्तिमा भनीएको छ ।


प्रकाशित | २५ भाद्र २०७७, बिहीबार १६:३८