इटालीले नेदरल्याण्ड्सलाई हरायो

एजेन्सी । नेसन्स लिग फुटबलमा इटालीले नेदरल्याण्ड्समाथि जित निकालेको छ ।

सोमबार राति समूह बीको खेलमा इटालीले घरेलु टोली नेदरल्याण्ड्सलाई १–० ले हराएको हो ।

डच टिममाथि साँघुरो जित निकाल्दै इटाली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इटालीको जितमा पहिलो हाफमा निकोलो बरेलाले हेडमार्फत एकमात्र गोल गरेका थिए ।

एभर्टनका फरवार्ड मोइन केनले इटालीको अग्रता बढाउने अवसर गुमाएका थिए ।

घरेलु टोलीका मेम्फिस डिपेले समेत अन्तिम समयमा गोलको अवसर खेर फालेका थिए ।

सोही समूहको अर्को खेलमा पोल्याण्ड तालिकाको दोस्रो स्थानमा उक्लियो । उसले बोस्निया हर्जगोभिनामाथि २–१ को जित निकाल्यो ।

वेस्ट ह्यामका विङ्गर कामिल ग्रास्की र कामिल ग्लिकले पाहुना टोलीका लागि गोल गरेका थिए । हारिस हाजराडोविकले पेनाल्टीमा घरेलु टोली बोस्नियालाई सूरुवाती अग्रता दिलाएका थिए ।

समूहमा इटाली २ खेलबाट ४ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको पोल्याण्ड र नेदरल्याण्ड्सको समान ३ अंक छ । पुछारको बोस्नियाको १ अंक छ ।


प्रकाशित | २३ भाद्र २०७७, मंगलवार ०८:११