एनआरएनए अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन सकियो : टोरन्टो घोषणापत्र सरकारलाई बुझाईने

टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको तीन दिनसम्म चलेको दोस्रो क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन सकिएको छ । शुक्रबारदेखि शुरु भएको सम्मेलन आइतबार सम्पन्न भएको हो ।

क्षेत्रीय सम्मेलन समापन सँगै पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम भब्य रुपमा सम्पन्न भएको जानकारी गराइयो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै एनआरएनए अध्यक्ष कुमार पन्तले विज्ञ सम्मेलन नेपालको सम्मृद्धिमा कोशेढुंगा शावित हुने विश्वास ब्यक्त गर्नुभयो ।

अध्यक्ष पन्तले मुलुकको सम्मृद्धिको लागि विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा संघ लागिपरेको बताउनुभयो । साथै उहाँले आधा हिस्सा रहने महिलाको सहभागिता पर्याप्त नभएसम्म संस्था पूर्ण नहुने भन्दै यसमा सबै पक्षले समीक्षा गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा संघका महासचिव डा हेम राज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र क्षेत्रीय संयोजक राजन त्रिपाठी लगायतका व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो।

सम्मेलन नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले उद्घाटन गर्नुभएको थियो । मन्त्री ज्ञवालीले उद्घाटन गरेसँगै शूरु भएको सम्मेलनमा विभिन्न सेसनहरु सञ्चालन भएका थिए । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, क्यानाडाका लागि राजदूत भृगु ढुंगाना र अध्यक्ष कुमार पन्त विशेष अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो।

त्यस्तै, कार्यक्रममा एनआरएनए आइसिसीका उपाध्यक्ष बद्री केसी, सोनाम लामा, महासचिव डा हेमराज शर्मा, सचिव गौरी राज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, आइसिसी सल्लाहकार हरिबोल भण्डारी, आइसिसी सल्लाहकार कुल आचार्य, महिला नेत्री अञ्जनी श्रेष्ठ, एनआरएनए अमेरिका क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, विज्ञ सम्मेलनका संयोजक लक्ष्मी पाठक, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपीकृष्ण काफ्ले, दुवै देशका आइसिसी सदस्यहरु, अमेरिका, क्यानडा एनसिसीका पदाधिकारीहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरु लगायतको सहभागिता थियो ।

जुम प्रबिधिमार्फत भएको सो कार्यक्रम एनआरएन क्यानडाले संंयोजन गरेको थियो । कार्यक्रम क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्मेलनका विभिन्न सेसनहरुमा आइसिसीको तर्फबाट एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसी, सोनाम लामा, मन केसी, अर्जुन कुमार श्रेष्ठ, महासचिव डा हेम राज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल लगायतको पनि प्रस्तुति रहेको थियो।

त्यस्तै, नेपाली नागरिकताको निरन्तरता र सम्पति सम्बन्धी अधिकार विषयमा केन्द्रित रहेर एक सेसन पनि समेटीएको थियो । सो सेसनमा नेपाल सरकारको तर्फबाट मन्त्री घनश्याम भुसाल, सांसद गगन थापा, नेपाली कांग्रेसका नेता प्रदीप पौडेल, समाजवादीका नेता महेन्द्र यादव, राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देन, एनआरएनए आइसिसीका उपाध्यक्ष डा बद्री केसी, सल्लाहकार हरिबोल भण्डारीसहभागि हुनुहुन्थ्यो ।

एनआरएनए आइसिसी सदस्य शङ्कर खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आइसिसी सदस्य प्रमोद सिटौला र पुरुषोत्तम बोहोराले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा इमिग्रेशन, मिडिया, भाषा, कला तथा साहित्य, उद्योग ब्यापारलगायतका विभिन्न सेसनहरु पनि सञ्चालन भएका थिए ।

विभिन्न सेसनहरुमा एनआरएनए अमेरिकाज् क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपीकृष्ण काफ्ले, विज्ञ भेलाका संयोजक डा लक्ष्मी पाठक लगायतले आ-आफनो धारणा राख्नुभएको थियो ।

त्यस्तै, सम्मेलनमा विभिन्न विधामा विज्ञहरूका ज्ञान सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो। सम्मेलनबाट आएका निचोडलाई समेटेर तयार पारिएको टोरन्टो घोषणापत्र एनआरएनए आइसिसी मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ।

त्यस्तै, क्षेत्रीय संयोजक राजन त्रिपाठीले कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम गर्ने सिलसिलामा केहि कमी कमजोरी भए त्यसलाई समिक्षा गरेर आगामी दिनमा सुधार गर्दै लैजाने पनि संयोजक त्रिपाठीले बताउनुभयो ।


प्रकाशित | २२ भाद्र २०७७, सोमबार १९:५९