भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि दुई साताअघि उनलाई दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी बनेका मुखर्जीको मस्तिष्कको शल्यक्रियासमेत गरिएको थियो । उनको मस्तिष्कमा रगतजमेपछि शल्यक्रिया गरिएको हो ।

मुखर्जी सन् २०१२ मा भारतको राष्ट्रपति बनेका थिए । उनी सन् २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए । सन् २०१९ मा मुखर्जीलाई भारत रत्नबाट सम्मानित गरिएको थियो ।

मुखर्जीको निधनमा भारतीय राष्ट्रपति रामनाथ गोविन्दलगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


प्रकाशित | १५ भाद्र २०७७, सोमबार २०:०४