काठमाडौं उपत्यकामा ४१५ सहित नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार २४२ उपचारपछि निको भएका छन्।

शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १९५ पुगेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | १२ भाद्र २०७७, शुक्रबार १६:३४