रचना रिमालको स्वरमा ‘तिमी बिना’ सार्वजनिक(भिडियो)

काठमाडौं – गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बिना’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ भने शब्द रचना प्रधानको रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा ऋतु पौडेल र डेविड सुवेदीको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् ।

आभास बज्राचार्यको छायाङ्कन रहेको भिडियोमा माधव बेलबासेले गरेका हुन् । गीत गायिका रचना रिमालले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


प्रकाशित | ६ भाद्र २०७७, शनिबार २०:३२