कलियुग

राजु सप्तडी बस्नेत /पेरिस

कलियुगमा अझै के के हुन्छ ? हेरी हाल नत्र ढिला हुन्छ
निहार बसेर उच्चाइमा, यहाँ गजब गजबको लिला हुन्छ

कस्तो नयाँ रिती बसाल्यो,कस्तो जालिम नीति बसाल्यो
यता बसेर उता खसाल्यो,उता बसेर यता खसाल्यो
उही दैव वेवास्ता हुन्छ,उही दैव लोकप्रिय हुन्छ
निहाल सपक्षी विपक्षीलाई, को कहाँ सक्रिय हुन्छ

शाव्दीक गुलिया विषहरुले अनेक शृङ्गार गरेको देख्छौ
अध्यारा काला रातहरुले हजार अनुहार धोएको देख्छौ
उही भाव बिशिष्ट हुन्छ ,उही भाव कनिष्ठ हुन्छ
यस्ता चलनमा सवाल गरे, भन्छन विद्वान अनिष्ट हुन्छ

हेर्ने नजरको शिरा हुन्छ,अनर्थले अर्थ चिरा हुन्छ
कसी लाउने आफ्नो भए,पत्थर पनि हिरा हुन्छ
उही प्रयत्न फगत हुन्छ, कसैको चर्चा जगत हुन्छ
यो यात्रा हो ज्ञानको अनेक अनेक संगत हुन्छ

लोली मिलाउ बोली मिलाउ, सम्बन्ध प्रगाढ नितान्त हुन्छ
भुल्यौ एकदिन राख्यौ अडान ,तत्क्षण सबै समाप्त हुन्छ
उही रङ्ग गाढा हुन्छ, उही रङ्ग फिक्का हुन्छ
अवगत गराइराख आफैंलाई,यहाँ तारिफको नि कित्ता हुन्छ

कलियुगमा अझै के के हुन्छरुहेरीहाल नत्र ढिला हुन्छ
निहार बसेर उच्चाईमा, यहाँ गजब गजबको लिला हुन्छ


प्रकाशित | ६ भाद्र २०७७, शनिबार १३:५७