कोरोनाविरुद्धको चिनियाँ खोप सफलता नजिकः चिनियाँ सञ्चार माध्यम

बेइजिङ : कोरोना भाइरसविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएको सिन्ह्वाले उल्लेख गरेको हो ।

दोस्रो चरणको क्लिनिकल ट्रायलको डाटाले खोप सुरक्षित र प्रभावकारी देखिएको र प्रतिरोधी क्षमता विकास गरेको चिनियाँ वैज्ञानिकहरूले दाबी गरेका छन् । उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको डाटा अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ ।

खोप चिनियाँ नेसनल बायोटेक ग्रुपको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सअन्तर्गत सिनोफार्मले विकास गरिरहेको छ । १८ देखि ५९ वर्ष उमेर समूहका ३ सय २० जना स्वस्थ्य स्वयंसेवीलाई ट्रायलमा सहभागी गराइएको थियो ।


प्रकाशित | २ भाद्र २०७७, मंगलवार ०८:०५