यु–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं : आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप खेल्ने नेपाली यू१९ टोलीको सपना अधुरै बनेको छ । मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेपछि नेपालको सपना अधुरै भएको हो ।

ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य यूएईले १२.१ ओभरमा विना विकेटको क्षतिमा १ सय १० रन बटुल्दै सहजै पुरा गर्यो । उसका आर्यन लाक्रा ५१ र सायद हैदर ५६ रनमा अविजित रहे । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेपनि दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित भएको थियो । जुन एक रनको हार नेपालको विश्वकपको यात्रामा बाधक बन्यो ।

नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेट र ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अन्तिम खेलमा उता कुवेतसँग प्रतिसप्रर्धा गरि रहेको छ । कुवेतले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य नेपालले लन्च अघि ७ ओभरमा कुनै विकेट नगुमाई २७ रन जोडेको छ


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १२:२४