काठमाडौँ – पुर्बेली गायिका खुस्बु राईको रास्ट्रभावले ओतप्रोत ‘हामी बीर नेपाली’ बोलको गीत सार्वजनिक भएको छ ।
गायिका खुस्बुकै शब्द, स्वर र संगीत रहेको गीतमा गायिका सुनिता कटुवाल, गायक रेमान पुवार मगर र कुन्दन राईले साथ दिनुभएको छ । सिर कुमार साम्पंगको निर्देशनमा रहेको भिडियोमा गायक कुन्दन राईको एरेन्ज रहेको छ ।
उक्त म्यूजिक भिडियोमा संतोष राई, कल्पना राई, निर्मला परसाई, अंजना बिस्ट, समीर डंगोल, कल्पना मगर लगायत कलाकारहरुको अभिनय रहेको छ ।
प्रकाशित | २४ श्रावण २०७७, शनिबार १४:१७