मेलम्ची पहिरो अपडेट : हराइरहेका आठ जनाकै शव भेटियो

सिन्धुपाल्चोक – गएराती मेलम्ची बजारमा पहिरो जादाँ बेपत्ता भएका आठ जनाको शव निकालिएको छ । साथै एक जनाको जिवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङभीरमा पहिरोबाट थप दुई जनाको शब निकालिएको छ । यो सँगै मृतक संख्या दश पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार पहिरोको कारण मेलम्ची बजारमा निमार्ण हुदै गरेको कर्भडहलमा काम गर्ने मजदुर बेपत्ता भएका थिए
त्यस्तै बाह्बिसे नगरपालिका २ कर्थलीमा पनि भीषण पहिरो गएको छ ।


प्रकाशित | १९ श्रावण २०७७, सोमबार १२:००