नेपालमा शनिबार ३१५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं -नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ।

शनिबार थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित | १७ श्रावण २०७७, शनिबार १६:४७